१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

अखिल (क्रान्तिकारी) कपिलवस्तुद्धारा बालगृहलाई खाद्यान्न वितरण



मायादेवी अनलाइन, जितपुर ।

अखिल (क्रान्तिकारी ) कपिलवस्तुले बालगृहलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गरेको छ । बालगृहमा रहेका बालबालिकालाई खाद्यान्नसंगै स्वास्थ्य सामग्री वितरण गरेको हो । उनीहरुलाई ३० किलो चामल, ३० किलो दाल, तेल तरकारीसंगै माक्स, सेनेटाइजर वितरण गरिएको अखिल (क्रान्तिकारी ) कपिलवस्तुका अध्यक्ष बिज्ञान क्षेत्रीले बताउनुभयो ।

साथै उहाँले यस्तो जटिल अवस्थामा बालगृहमा खाद्य संकट हुँदा पनि स्थानीय सरकार बेखबर भएको आरोप लगाउनुभयो । उहाँले बालबालिकाको भविष्यप्रति राज्य गैरजिम्मेवार भएको भन्दै सबै नागरिकले आफ्नो ठाँउ बाट सक्दो सहयोग गरि नागरिकको ज्यान बचाउन र कोरोना बिरुद्ध लड्न तयार हुनुपर्ने बताउनुभयो ।

यस्तो अभियानमा जिल्लाका उद्योग, व्यवसायी, बुद्धिजिवि, पत्रकार, प्रशासनिक निकाय सबै मिलेर अघि बढ्नु पर्ने बताउनुभयो ।

साथै संगठनले चलायको कोरोना बिरुद्धको अभियानमा, स्वास्थ सामग्री, राहत सहयोग गर्ने सहयोगी, व्यवसायी, समाजसेविहरुमा धन्यवाद पनि व्यक्त गर्नु भएको छ ।

उहाँले जिल्ला को जुनसुकै ठाउमा जुन नागरिकलाई जे समस्या पर्दा पनि अखिल ( क्रान्तिकारी ) संगठनलाई सम्पर्क गर्न अपिल समेत गर्नु भएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८ बुधबार ००:००  ७ : ४१ बजे