१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

फिफा विश्वकप छनोटः उरुग्वे बराबरीमा रोकियो



काठमाडौं ।
सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटअन्तर्गत उरुग्वे र पराग्वेले बराबरी खेलेका छन् । शुक्रबार बिहान उरुग्वेको मैदानमा भएको खेलमा पाँचौँ चरणको खेलमा दुवै टिम गोलरहित बराबरीमा रोकिएका हुन् ।

१३ जुनबाट सुरु हुन लागेको दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिका खेल्नुअघि उरुग्वेले विश्वकप छनोट खेल खेलेको हो ।

विश्वकपको दक्षिण अमेरिकी छनोटतर्फको तालिकामा उरुग्वेले पाँच खेलमा सात अङ्क जोडेको छ । ऊ पाँचौँ स्थानमा छ भने पराग्वे समान अङ्कसहित चौथो स्थानमा छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८ शुक्रबार ००:००  ६ : ४८ बजे