२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

लुम्बिनी प्रदेश सम्पर्क समिति युएईको अध्यक्षमा ओलि



बिष्णु कुमार आले जेठ २१ अर्घाखाँची ।
लुम्बिनी प्रदेश सम्पर्क समिती युएईको भर्चुअल मार्फत दोस्रो महाँधिवेसन सम्पन्न भएको छ । भर्चुअल मार्फत सम्पन्न महाँधिवेसनले रोल्पा जिल्ला निवासी देवराज ओलीको अध्यक्षतामा २९ सदस्य कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा पाल्पाका मोहन बुढाथोकी, अर्घाखाँचीका सिर्जना केसी,गुल्मीका मीन भण्डारी र दाङका कुमार केसी चयन भएका छन् ।

त्यस्तै महाँसचिवमा रूपन्देहीका चिरन आचार्य,सचिवमा पाल्पाका मन सारू,प्युठानका जेवी जिसी कपिलवस्तुका ईश्वर बन्जाडे,परासीका कृष्ण पराजुली,बाँकेका मोहन योगी, सहसचिवमा दाङका सुर्य केसी ,रोल्पाका शेरबहादुर डाँगी,अर्घाखाँचीका राजु जिसी ,गुल्मीका हेमा भण्डारी,अर्घाखाँचीका मुमबहादुर जिसी,कपिलवस्तुका कविराम अर्याल,अर्घाखाँचीका लेखनाथ पौडेल र दाङका जिके दङ्गाली निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा रूपन्देहीका प्रेम बगल्दार, सहकोषाध्यक्षमा अर्घाखाँचीका बिष्णु पुन ,प्रवक्तामा कपिलवस्तुका गणेश पौडेल ,सहप्रवक्तामा अर्घाखाँचीका सन्जिव बेल्बासे,रोल्पाका हेमराज विश्वकर्मा,अर्घाखाँचीका अरूण बेल्बासे, रूपन्देहीका पार्बता थापा ,अर्घाखाँचीका निरू थापा,अर्घाखाँचीका रामचन्द्र पौडेल चयन भएका हुन् । त्यसै गरि महिला विभाग प्रमुखमा अर्घाखाँचीका जानुका खनाल ,सदस्यहरुमा टोपबहादुर सारु, चन्द्र बहादुर पेङनी, शारादा अधिकारी, मान सारु, हिरा जिसि, हरि बिसि, पोमलाल पौडेल रहेका छन् ।त्यस्तै विधानतस् प्रमुख संरक्षकमा अर्घाखाँचीका चन्द्र सारु मगर , प्रमुख सल्लाहकारमा राजु खड्का,
सल्लाहकारहरुमा रामकृष्ण पुन, नरेश सेन, कमल गिरि, नरेन्द्र बेल्बासे र लुम्बिनी प्रदेश अन्तर्गतका सबै जिल्लागत समितिका अध्यक्षहरु स्वतस् सल्लाहकार रहने जनाइएको छ।

लुम्बिनी प्रदेशबाट युएईमा रहने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई एउटै मालामा गोलबद्ध गर्दै हरेक सुस्ख दुस्खमा हातेमालो गर्ने उद्धेश्यले संस्थाको थालनी गरिएको निर्वाचन समितिका संयोजक समेत रहेका संस्थाका संरक्षक चन्द्र सारु मगरले बताए । सारू मगरले भने , एकतानै सम्पूर्ण शक्ति भएकाले सक्रियताका साथ संस्थालाई अगाडि बढाईने छ ।
विविध कारणले रोकिएको महाधिवेशन निर्वाचन समितिको सक्रियतामा पुनस् सम्पन्न गरिएको सल्लाहकार कमल गिरिले बताए।

रामकृष्ण पुनको सभापतित्व र चिरन आचार्यको स्वागत मन्तव्यमा सम्पन्न महाधिवेशनमा उपस्थित अधिकांस बक्ताहरुले नवनिर्वाचित टिमलाई बधाई दिदै समितिको कार्यकाल सफलताको लागि शुभकामना दिएका थिए। २०१८ सालमा स्थापित समितिको दोस्रो भर्चुअल माध्यम बाट महाँधिवेशन सम्मेलन गरिएको हो ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८ शुक्रबार ००:००  ९ : ५० बजे