५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

आगलागीमा परेर किरियापुत्री बसेका दम्पतीको निधन



संखुवासभा ।

संखुवासभाको मादी नगरपालिका –५ च्याङरिङमा आगलागीमा परेर किरियापुत्री बसेका दम्पतीको मृत्यु भएको छ।

आगलागीमा परेर किरियापुत्री बसेका मादी –५ का ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र ४४ वर्षीया कमला भण्डारी दाहालको मृत्यु भएको मादी नगरपालिका – ५ का वडाध्यक्ष नेत्र प्रसाद दाहाल जानकारी दिए।

काज किरियाका लागि बसेका श्रीमान राजेन्द्रबाबु र श्रीमती कमलाको आगलागीमा परेर बिहीबार राति १ बजे मृत्यु भएको वडाध्यक्ष दाहालले बताए। सात दिन अघि निधन भएका ८४ वर्षीय बुबा कृष्णप्रसाद दाहालको काजकिरियाका लागि उनीहरु बसेका थिए। आगलागीमा परेर गम्भीर घाइते भएका राजेन्द्रबाबुको उपचारका लागि ओखरबोटे बजार ल्याउदै गर्दा बाटैमा मृत्यु भएको र उनकी श्रीमती कमलाको घटना स्थलमै मृत्यु भएको उनले बताए।

बुबा कृष्णप्रसादको काजकिरियाका लागि चार छोरा बुहारी र छोरीसहित १२ जना एकै घरमा बसेका थिए। श्रीमान राजेन्द्रबाबु र श्रीमती कमला काज किरियामा बसेका घरबाट केही काम छ भन्दै नजिकै रहेको आफ्नो घर तर्फ लागेका थिए।

उनीहरु निकै बेर नफर्किए पछि खोजी गर्ने गर्दा घरमा आगलागी भएको देखेपछि स्थानीयहरु राजेन्द्रबाबुको घरमा ढोका बन्द गरिएको रहेछ। ढोका फोरेर भित्र पस्दा राजेन्द्रबाबु आगोमा परेर जलेका थिए भने श्रीमती कमला जलेर मृत अवस्थामा फेला परेको वडाध्यक्ष दाहाले बताए।

घटनाको प्रकृति हेर्दा आत्महत्या भएको हुन सक्ने उनले बताए। घरको माथिको तलामा मट्टितेल र दाउरा फेला परेका कारण घटना शंकास्पद भएको उनले बताए। इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षक योगराज खतिवडाको टोली घटना स्थल गएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८ शुक्रबार ००:००  १२ : १५ बजे