१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेन र पोर्चुगल बराबरीमा



काठमाडौं ।
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेन र पोर्चुगल बराबरीमा रोकिएका छन्। युरोकप फुटबलको तयारी स्वरुप भएको खेलमा दुवै टोलीले कुनै पनि गोल गर्न सकेनन् । अवसर पाए पनि गोल गर्न दुवै टोली चुके । पोर्चुगलका क्रिष्टियानो रोनाल्डोले पनि गोल गर्न सकेनन् ।

गएराति भएका अन्य खेलमा स्लोभेनियाले जिब्रालटारलाई ६–० गोल अन्तरले पराजित गर्यो भने नर्थ मेसेडोनियाले काजखस्तानलाई र इटालीले चेक गणतन्त्रलाई समान ४–० गोल अन्तरले हराएका छन् ।यस्तै लात्भियाले लिथुवानियालाई ३–१ गोल अन्तरले पराजित गरेको छ ।

यस्तै, कोसोभोले माल्टालाई २–१ गेल अन्तरले हराउँदा हंगेरीले साइप्रस, क्यामरुनले नाइजेरिया, आइसल्याण्डले फारोइ आइल्याण्ड र इस्टोनियाले फिनल्याण्डलाई समान १–० ले पराजित गरेका छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०७८ शनिबार ००:००  ८ : २२ बजे