१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

कोरोना संक्रमणका कारण बुटवलमा थप दुई जनाको निधन



बुटवल ।
लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलको कोरोना अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रादेशिक अस्पतालको कोरोना विशष अस्पतालमा उपचाररत उनीहरुको आइतबार बिहान मृत्यु भएको हो ।

मृत्यु हुनेमा रूपन्देही र अर्घाखाँचीका रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

उनका अनुसार जेठ २२ गते भर्ना भएकी रुपन्देही कञ्चन–३ का ३४ वर्षीया महिलाको बिहान ७ बजेर १५ मिनेटमा मृत्यु भएको हो भने जेठ २१ गते अस्पताल भर्ना भएका अर्घाखाँची छत्रदेव–७ का ७३ वर्षीय पुरुषको ७ बजेर २५ मिनेटमा मृत्यु भएको हो ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८ आइतबार ००:००  ३ : ४५ बजे