३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

कोपा अमेरिकामा पेरु अघिल्लो चरणमा पुग्यो, भेनेजुएला बाहिरियो



काठमाडौं ।
जारी कोपा अमेरिका फुटबलमा पेरु क्वाटरफाइनलमा प्रवेश गरेको छ। सोमबार बिहान सम्पन्न समूह चरणको अन्तिम खेलमा भेनेजुएलालाई १–० ले पराजित गर्दै पेरु अन्तिम आठमा पुगेको हो।

पेरुका लागि खेलको ४८ औं मिनेटमा आन्द्रे कारिल्लोले गरेको गोल नै निर्णायक बन्यो। जितसँगै पेरु समूह ’बी’ को उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो। पेरुले ४ खेलबाट ७ अंक जोडेको छ।

भेनेजुएला भने समूहको अन्तिममा रहँदैलिग चरणबाट बाहिरियो। समूह बीबाट पेरुसँगै ब्राजिल, कोलम्बिया र इक्वेडर अघिल्लो चरणमा प्रवेश गरेका छन्।

प्रकाशित मिति : १४ असार २०७८ सोमबार ००:००  ८ : ३७ बजे