२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

कोपा अमेरिकाः अर्जेन्टिना क्वाटरफाइनलमा, मेस्सीको २ गोल




काठमाण्डौ । अर्जेन्टिना कोपा अमेरिका फुटबलमा समूह विजेताको रुपमा क्वार्टर फाइनल प्रवेश गरेको छ । बोलिभियालाई ४–१ गोलले पराजित गर्दै अर्जेन्टिना क्वार्टर फाइनल प्रवेश गरेको हो । जितसँगै अर्जेन्टिनाले ४ खेलबाट १० अङ्क बनाएको छ ।

बोलिभिया भने कुनै पनि खेल नतिजा बाहिरिएको छ । अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सीले २ गोल गरे भने एलेजेन्ड्रो गोमेज र लाउटारो मार्टिनेजले एकरएक गोल गरे । कोपा अमेरिका अन्तर्गत आजै भएको अर्को खेलमा उरुग्वेले पाराग्वेलाई १–० गोलले पराजित गरेको छ ।

जितसँगै उरुग्वे दोस्रो स्थानमा रहँदै क्वार्टर फाइनलमा प्रवेश गर्न सफल भएको छ । उरुग्वेका लागि इडिसन काभानीले २१ औं मिनेटमा गरेको पेनाल्टी गोल नै निर्णायक बन्न पुग्यो ।

प्रकाशित मिति : १५ असार २०७८ मंगलबार ००:००  ९ : ५९ बजे