३ जेष्ठ २०८१, बिहिबार | Fri May 17 2024

चट्याङ्ग लागेर पर्सामा तीन जनाको ज्यान गयो



काठमाण्डौ ।
पर्सामा चट्याङ्ग लागेर तीन जनाको ज्यान गएको छ । चट्याङ्ग लागेर सखुवाप्रसौनी गाउँपालिका–४ देवरवाना बस्ने ५५ वर्षीय रघुवीर यादव, पटेर्वासुगौली–१ गदियानीका २६ वर्षीय रसुल आजगद्दी र जिराभवानी गाउँपालिका–३ जितपुर बस्ने ५० वर्षीया असरतोमी देवी थारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बिहान ७ बजे रघुवीर र रसुल भैँसी चराउन खेतमा गएका बेला चट्याङ्गले लागेको थियो भने असरतोमीलाई खेतमा काम गरिरहेको बेला चट्याङ्ग लागेको हो । चट्याङ्ग लागेर घाइते भएका पाँच जनामध्ये ४ जना उपचारपछि डिस्चार्ज भएका छन् भने एक जनाको वीरगञ्जमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १५ असार २०७८ मंगलबार ००:००  १२ : ५२ बजे