१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

बुद्धभूमिद्धारा वडा नं. ९ का बादी समुदायलाई बाख्रा वितरण



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले बादी समुदायलाई लक्षित गरी बाख्रा वितरण गरेको छ । नगरपालिकाले चालु आवमा विनियोजन गरेको लक्षित बर्गको कार्यक्रम अनुसार बादी समुदायलाई बाख्रा वितरण गरिएको हो ।

बादी समुदायलाई जिविकोपार्जनमा सहयोग पुगोस भन्ने उद्धेश्यले बाख्रा वितरण गरेको नगर प्रमुख केशव कुमार श्रेष्ठले बताउनुभयो । साथै उहाँले बादी समुदायको उत्थानका लागि भोलिका दिनमा थप प्रभावकारी कार्यक्रम ल्याउने बताउनुभयो ।

बाख्रा वितरण कार्यक्रममा नगरका योजना शाखा प्रमुख नविन खनाल, युवा समाजसेवी अनिल अधिकारी, रोमलाल खनाल र विनोद आचार्यको उपस्थिति थियो ।

बाख्रा वितरण कार्यक्रममा बोल्दै बादी समुदायकी अगुवा बिष्णु बादीले यस कार्यका लागि नगरपालिकालाई धन्यवाद दिनुभयो ।

नगरपालिकाले बादी समुदायलको उत्थानको लागि यस्तै कार्यक्रम आगामी दिनमा ल्याउनुपर्ने उहाँले सुझाव दिनुभयो । कपिलवस्तु जिल्लामै बुद्धभूमिको वडा नं. ९ मा बादी समुदायको बाक्लो बस्ती छ । सुकुम्बासीमा बसोबास गर्ने यो समुदायको जिविकोपार्जनको मुख्य स्रोत मजदुरी हो ।

प्रकाशित मिति : १६ असार २०७८ बुधबार ००:००  ६ : २७ बजे