१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

वाणगंगाको कृषि शाखाद्धारा फलफूलका बिरुवा बितरण



बाबुराम रायमाझी, भलवाड ।
कपिलवस्तु वाणगंगा नगरपालिकाको सहयोगमा कृषि बिकास शाखाले नगरका कृषकहरुका लागि ५० प्रतिशत अनुदानमा विभिन्न प्रजातिका फलफूलका बिरुवा बितरण गरिरहेको छ ।

जसमा आँप अमरपाली प्रति गोटा ५० रुपैया, लिची ३७ रुपैया ५० पैसा र कागती ६५ रुपैयामा बितरण गरेको छ ।

आपका बिरुवामा अमरपाली, दशहरी, मालदह अन्य फलफूलमा लिची, कागती रहेको कृषि शाखाका कृषि बिकास अधिकृत लेष बहादुर केसिले बताउनु भएको छ ।

प्रकाशित मिति : १६ असार २०७८ बुधबार ००:००  ७ : १७ बजे