५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

ला लिगाः नयाँ सिजनको खेल तालिका सार्वजनिक



काठमाण्डौ ।

स्पेनिस ला लिगा फुटबल २०२१-०२२ को नयाँ सिजनको खेल तालिका सार्वजनिक भएको छ । बुधवार ला लिगाको नयाँ सिजनको खेल तालिका सार्वजनिक भएको हो । नयाँ सिजन सुरु हुने पहिलो दिन अगस्ट १४ मा १० वटा खेल हुनेछन् । च्याम्पियन एट्लेटिको मड्रिडको पहिलो खेल सेल्टा भिगोसँग हुने भएको छ । त्यस्तै रियल मड्रिडले पहिलो खेलमा अल्भेससँग खेल्दा बार्सिलोनाले रियल सोसिडासँग खेल्ने भएको छ ।
यस्तै बार्सिलोना र रियल मड्रिडबीचको पहिलो एल क्लासिको खेल अक्टोबर २४ मा दोस्रो खेल मार्च २० मा हुने भएको छ ।

प्रकाशित मिति : १७ असार २०७८ बिहिबार ००:००  २ : ३६ बजे