५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026

जनता समाजवादी पार्टीका दुबै समूहका नेता निर्वाचन आयोग पुगे



काठमाडौं ।
जनता समाजवादी पार्टी (जसपा) का नेताहरु निर्वाचन आयोग पुगेका छन्। पार्टीभित्र देखिएको विवाद समाधानका लागि आयोगले दुबै पक्षलाई छलफलमा बोलाएपछि नेताहरु आयोग पुगेका आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

छलफलमा महन्थ ठाकुर पक्षका महन्थसहित राजेन्द्र महतो, उमाशंकर अरगरिया, लक्ष्मणलाल कर्ण र सुरेन्द्र झा सहभागी हुनेछन् भने उपेन्द्र यादव पक्षबाट यादवसहित महेन्द्रराय यादव, राजेन्द्र श्रेष्ठ र प्रकाश अधिकारी लगायत नेताहरुले सहभागिता जनाउँदैछन्।

उपेन्द्र पक्षले एकताका लागि महन्थ पक्षले गल्ती स्वीकार गरेर आत्मालोचना गर्नुपर्ने शर्त राखेको छ। महन्थ पक्षले पुनर्गठित कार्यकारिणी समिति मान्यता दिए सहमति हुने भनेको छ।

प्रकाशित मिति : २२ असार २०७८ मंगलबार ००:००  १२ : ३६ बजे