२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

सर्पले डसेर एक महिलाको मृत्यु



महोत्तरी ।

जिल्लाको मटिहानी नगरपालिका–९ सिमरदही गाउँमा विषालु सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुशील सहनीकी २४ वर्षीया श्रीमती विभादेवी सहनी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए। सहनीलाई गएराति करिब ९ बजे खाना पकाउने क्रममा विषालु सर्पले डसेको थियो। सर्पको डसाइबाट सिकिस्त भएकी उनलाई उपचारको लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो। शव परीक्षणको लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ। रासस

प्रकाशित मिति : २३ असार २०७८ बुधबार ००:००  २ : ३० बजे