घरमै बसेर बकर ईद मनाउन जिल्ला प्रशासनको अपिल


मायादेवी अनलाइन, चारनम्बर ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरुलाई यस वर्षको बकर ईद घरमै बसेर मनाउन आग्रह गरेको छ ।
प्रशासनले आइतबार एक विज्ञप्ति जारी गर्दै बकर ईदको अबसरमा शुभकामना दिदंै यस वर्षको बकर ईद घरमै बसेर मनाउन अपिल गरेको हो । कोरोनाको दोेस्रो लहरबाट मुलक आक्रान्त बनिरहेको र यसको संक्रमण अझै साम्य नभएकाले भीडभाड, मेला महोत्सव, भोज भतेर लगायत अन्य सामुहिक कार्य नगर्न आग्रह गरेको हो ।

यस प्रकारका कृयाकलापले कोरोनाको जोखिम अझ धेरै बढ्ने हुँदा भिडभाड नगरी घरमै बसेर पर्व मनाउन अपिल गरेको हो । जारी निषेधाज्ञा अनुसार खुला ठाँउमा भोजभतेर, भिडभाड, सभा जुलुस, जात्रा, महोत्सव लगायत का गतिबिधी नगर्न नगराउन साथै विभिन्न चाडपर्वमा पुजारीबाट हुने नित्य पुजा बाहेकका अन्य धार्मिक तथा सांस्कृतिक गतिविधिहरु संचालन समेरोक लगाइएको छ । त्यसैगरी स्वास्थ्यका सम्पुर्ण मापदण्डको प्रयोग गर्न र गराउन समेत प्रशासनले आग्रह गरेको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस