३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

वरिष्ठ कलाकार उत्तम नेपालीको निधन



काठमाडौं ।
वरिष्ठ कलाकार उत्तम नेपालीको निधन भएको छ।

८५ वर्षीय नेपालीको मनमोहन कार्डियो भास्कुलर सेन्टर महाराजगञ्जमा आज विहान चार बजे निधन भएको वरिष्ठ फोटो पत्रकार गोपाल चित्रकारले जनाकारी दिए।

नेपाली नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य हुन्। नेपाली अमूर्त कलाका सिद्ध हस्त कलाकार मानिन्छन्। उनी मुटु सम्बन्धि समस्याबाट ग्रस्त थिए। नेपालीका दुई छोरी छन्।

प्रकाशित मिति : ६ श्रावण २०७८ बुधबार ००:००  ११ : ५३ बजे