६ फाल्गुन २०८२, बुधबार | Thu Feb 19 2026

८१ किलो गाँजासहित मकवानपुरबाट एकजना पक्राउ



हेटौंडा ।
मकवानपुर प्रहरीले ८१ किलो लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले मनहरी गाउँपालिका–८ सिमपानीबाट ८१ किलो तीनसय ५० ग्राम लागुऔषध गाँजासहित एकजना पक्राउ परेको हो। पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–४ का ४२ वर्षीय बाबुराम नेगी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जयेश्वर रिमालले जानकारी दिए। उनका अनुसार ना ८ ख ८२८४ नम्बरको ट्रकबाट गाँजासहित ट्रक चालकलाई पक्राउ गरिएको हो।

प्रकाशित मिति : ६ श्रावण २०७८ बुधबार ००:००  १२ : ०९ बजे