२४ घण्टामा २ हजार ८ सय ३८ जनामा कोरोना पुष्टि


काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार आठ सय ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आठ हजार सात सय १५ जनाको पीसीआर र तीन हजार नौ सय एक जनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार आठ सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसहित नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमण पुष्टि हुनेको सात लाख २४ हजार चार सय ५५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार चार सय ७५ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ३६ हजार चार सय दुई जना पुगेको छ । अहिले नेपालमा २६ हजार आठ सय ३२ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै थप ३० जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार ६ सय ३७ जना पुगेको मन्त्रालयले जनाएको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस