७ असार २०८३, आइतबार | Sun Jun 21 2026

बैतडीमा महिलाको शव फेला




काठमाडौ ।

बैतडीमा सडक नजिकै पल्टिएको अवस्थामा महिलाको शव फेला परेको छ।

मेलौली नगरपालिका-७ ल्वाथलीमा शुक्रबार बिहान शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी दर्शन खड्काले बेवारिसे अवस्थामा फेला परेको शवको पहिचान नखुलेको बताए।

उनले प्रहरी टोली घटनास्थल गएको जानकारी दिए। डिएसपीको नेतृत्वमा घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए।

प्रकाशित मिति : ८ श्रावण २०७८ शुक्रबार ००:००  ११ : ५९ बजे