६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

जसपा नेपालको दुवै पक्षको छुट्टाछुट्टै बैठक बस्दै



काठमाडौं ।

जनता समाजवादी पार्टी नेपालको दुवै समूहको छुट्टा छुट्टै कार्यकारिणी समितिको बैठक बस्ने भएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुर समूहको बैठक बबरमहलस्थित पार्टी कार्यालयमा १ बजे बस्नेछ भने अर्का अध्यक्ष उपेन्द्र यादव समूहको बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा १२ बजे बस्ने बताइएको छ । निर्वाचन आयोगले हेड काउन्टरका लागि दुवै पक्षका आयोगमा उपस्थित हुन भनेपछि त्यसको तयारीका लागि दुवै समूहको बैठक छुट्टा छुट्टै बस्न लागेको हो । दुवै समूहले आआफ्नो पक्षमा बहुमत पुर्‍याउनका लागि प्रयास गरिरहेका छन् ।

हेड काउन्टरका लागि निर्वाचन आयोगले दिएको आदेशको विरुद्ध ठाकुर पक्षले उपेन्द्र यादवलाई समेत विपक्षी बनाई सर्वोच्च अदालतमा हिजो रिट दायर गरेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७८ शनिबार ००:००  १२ : १० बजे