१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

आयरल्यान्डसँगको टी–ट्वान्टी श्रृङ्खलामा दक्षिण अफ्रिकाको क्लिव स्विप



काठमाण्डौ । दक्षिण अफ्रिकाले घरेलु टोली आयरल्यान्डसँगको तीन खेलको टी–ट्वान्टी क्रिकेट श्रृङ्खलामा क्लिन स्वीपु गरेको छ ।
डुब्लिनमा गएराति भएको तेस्रो तथा अन्तिम टी–ट्वान्टीमा ४९ रनको जित निकाल्दै दक्षिण अफ्रिकाले श्रृङ्खला ३–० ले जितेको हो । दक्षिण अफ्रिकाले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको आयरल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४० रन मात्रै बनाउन सक्यो ।

आयरल्यान्डका कप्तान एन्डी बलब्रिनीले सर्वाधिक २७ रन बनाए । दक्षिण अफ्रिकाका जर्ज लिन्डे, लिजाड विलियम्स र मुल्डेरले २र२ विकेट लिए । पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा २ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि कप्तान टेम्बा बाभुमाले ७२ रन र रिजा हेन्ड्रिक्सले ६९ रनको अर्धशतकीय पारी खेले । डेभिड मिलरले अविजित रहँदै ३६ रन जोडे । आयरल्यान्डका सिमी सिंह र बारी म्याककार्थीले १र१ विकेट लिए । पहिलो खेलमा दक्षिण अफ्रिका ३३ र दोस्रो खेलमा ४२ रनले रनले विजयी भएको थियो ।

प्रकाशित मिति : १० श्रावण २०७८ आइतबार ००:००  ७ : ४२ बजे