१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सर्पले डस्दा दाङमा एक बालिकाको मृत्यु



दाङ ।
दाङमा सर्पले टोकेर दुई वर्षीया बालिकाको ज्यान गएको छ । शान्तिनगर गाउँपालिका वडा नम्बर ६ का राजेन्द्र चौधरीकी दुई वर्षीया छोरी आराजी चौधरीलाई आफ्नै घरको आँगनमा खेल्दै गर्दा सर्पले डसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बालिकालाई सर्पले टोकेपछि उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो ।

प्रकाशित मिति : १० श्रावण २०७८ आइतबार ००:००  ४ : ४६ बजे