१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

अस्ट्रेलियाले हकीमा भारतलाई ७–१ ले हरायो



काठमाण्डौ ।

भारतीय पुरुष हकी टिम टोकियो ओलम्पिकमा अस्ट्रेलिया टिमसँग सात एकले पराजित भएको छ । अस्ट्रेलिया टिमले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई टोक्यो ओलम्पिकको दोस्रो पुल म्याचमा हराएको हो । दुवै टिमले आफ्नो सुरुवाती खेल जितेका थिए र ओई हकी स्टेडियममा भएको खेलमा समूहमा आफ्नो स्थिति बलियो बनाउन चाहिरहेका थिए । आइतवारको प्रतियोगितामा भारतीय डिफेन्सले निकै निराशाजनक प्रदर्शन गर्यो । अस्ट्रेलियाको तीव्र आक्रमणलाई भारतीय डिफेन्सले सम्हाल्न सकेन ।

अस्ट्रेलिया टिमले खेलको सुरुवातदेखि नै पूर्ण दबाब बनाएको थियो । यही कारण भारतीय टिमको तर्फबाट दिलप्रीत सिंहले मात्र एक गोल गर्न सके । भारतीय टिमले यो ओलम्पिकमा अहिलेसम्म दुई खेल खेलेको छ । जसमा एक खेल जितेको छ भने दोस्रोमा हारेको छ । पहिलो खेलमा भारतीय टिमले न्युजिल्यान्डलाई तीन दुईले हराएको थियो । अस्ट्रेलिया टिमले आफ्नो पहिलो खेलमा जापानलाई पाँच तीनले हराएको थियो ।

प्रकाशित मिति : १० श्रावण २०७८ आइतबार ००:००  ७ : ११ बजे