४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

एथलेटिक्समा पनि नेपाल निरास, सरस्वती पहिलो चरणबाटै बाहिरिइन्



काठमाडौं । नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी जापानमा जारी टोकियो ओलम्पिकको पहिलो चरणबाटै बाहिरिएकी छिन् ।महिलाको १ सय मिटर दौडमा प्रतिस्पर्धा गरेकी सरस्वती पहिलो चरणबाटै बाहिरिएकी हुन् ।ओलम्पिक स्टेडियमको ट्रयाकमा शुक्रबार बिहान सरस्वतीले निर्धारित दुरी १२स्९१ सेकेन्डमा पूरा गरिन् ।

दोस्रो हिटमा रहेकी सरस्वती आफ्नो हिटमा आठौं स्थानमा रहिन् । यस हिटमा ९ खेलाडी रहेका थिए ।सरस्वतीले व्यक्तिगत प्रदर्शनमा समेत सुधार गर्न सकिनन् । यस स्पर्धामा सरस्वतीको उत्कृष्ट समय १२५५ सकेन्ड रहेको छ ।

यस्तै यस स्पर्धामा देवीमाया पनेरुको नाममा राष्ट्रिय कीर्तिमान रहेको छ । सन् १९९९ को साग गेम्समा पनेरुले १२।२० सकेन्डको कीर्तिमान बनाएकी थिइन् ।

सरस्वतीको प्रतिस्पर्धासँगै टोकियो ओलम्पिकमा नेपालको चुनौती सकिएको छ ।टोकियोमा नेपालबाट पाँच खेलाडी सहभागी भएका थिए । पाँचै खेलाडीले दोस्रो चरण पार गर्न सकेनन् ।पौडीका गौरिका सिंह, एलेक्जेन्डर शाह ९एलेक्स० र सुटिङकी कल्पना परियारले भने राष्ट्रिय कीर्तिमान बनाए ।

प्रकाशित मिति : १५ श्रावण २०७८ शुक्रबार ००:००  ८ : १७ बजे