२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

विष्णुहरि शर्मा जसपाको केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा चयन



मायादेवी अनलाइन, चारनम्बर ।
जनता समाजवादी पार्टी (जसपा) को केन्द्रिय सल्लाहकार समितिको अध्यक्षमा विष्णुहरि शर्मा चयन भएका छन् । जसपाको केन्द्रिय कार्यकारिणी समितिको विहीबार बसेको बैठकले कपिलवस्तुको गोरुसिंगेका शर्मालाई समितिको अध्यक्षमा चयन गरेको हो ।

शर्मा २०६४ सालको दास्रो सविंधानसभाको निर्वाचनमा अर्घाखाँची क्षेत्र नम्बर २ बाट तत्कालिन नेकपा माओवादीको तर्फबाट उम्मेदवार बन्नेका थिए ।

लामो समयसम्म कम्युनिष्ट आन्दोलनमा लागेका शर्मा पूर्वप्रधानमन्त्री एवं जसपाका संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराईका सहपाठी समेत हुन् । उनी राजनितिमा निष्कलंक र स्वच्छ छवि भएका नेतामा पर्दछन् ।

प्रकाशित मिति : १५ श्रावण २०७८ शुक्रबार ००:००  ४ : ५५ बजे