बिष्णुकुमार आले, अर्घाखाँची ।
चोरीभएको रिचार्ज कार्ड प्रयोग हुदा अर्घाखाँचीको सन्धिखर्कमा विभिन्न स्थानमा चोरी गर्दै हिँड्ने ६ जनालाई प्रहरीले पक्राउ गरि मंगलबार सार्वजनिक गरेको छ । जिल्लाको सन्धिखर्क लगायतका बजार क्षेत्रमा चोरीका घटनाहरु बढ्दै गएपछि प्रहरीले विशेष टोली गठन गरी अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धानको क्रममा चोरीमा हराएका सामाग्रीसहित ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्मर बहादुर थापाले जानकारी दिए । पक्राउ पर्नेमा सन्धिखर्क नगरपालिका ११ का २६ वर्षीय किशन नेपाली, सामान बरामद भएको घरका १८ वर्षीय रोसन नेपालीसहित १७,१५,१३ र १२ वर्षका चारजना बालक पनि रहेका छन् ।
सन्धिखर्क नगरपालिका वडा नम्वर १ कौ बैंकरोडमा पसल गरी बस्ने बाबुराम नेपालीको पशलबाट २ वटा ल्यापटप, २५ वटा मोबाइल र १५ सयको रिचार्ज कार्ड चोरी भएपछि रिचार्ज कार्ड प्रयोग भएको नम्बरबाट चोर पत्ता लागेको प्रहरी नायव उपरीक्षक थापाले बताए ।
उनीहरुको साथबाट २ वटा ल्यापटप, २५ वटा मोबाइल, घडी, तथा विभिन्न किराना सामानसमेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका ६ जनालाई चोरी मुद्धामा जिल्ला अदालत अर्घाखाँचीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी गणेश खनालले बताए ।
उनीहरुले श्रावण महिनामा सन्धिखर्क ११ जोगिमारेका राजकुमार सुनारको सुनचाँदी पशलबाट २५ तोला चाँदी, १ वटा ल्यापटप, बुद्धिबहादुर सेजवालको किराना पसलबाट विभिन्न किराना सामान, हिमबहादुर सेजवालको पसलबाट ५० थरीका किराना सामान र सन्धिखर्कको बैंक रोडमा रहेको बाबुराम नेपालीको पसलबाट २ वटा ल्यापटप, २५ वटा मोबाइल सेट र १५ सयको रिचार्जकार्ड चोरी गरेका थिए ।
१९ श्रावण २०७८ मंगलबार ००:००
462
Shares







प्रतिक्रिया