१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

जरायोको सिङ र सालकको खपटासहित एकजना पक्राउ



काठमाडौं।

प्रहरीले संरक्षित वन्यजन्तु जरायोको सिङ र सालकको खपटासहित एकजनालाई पक्राउ गरेको छ । नागार्जुन नगरपालिका-३ रातमाटेबाट संरक्षित वन्यजन्तु जरायोको २ वटा सिङ र ३६ पीस सालकको खपटासहित प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको हो । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका-३ रातमाटेका ४५ वर्षीया माइली पुतुवार रहेकी छिन् । पक्राउ परेका उनलाई आवश्यक कारवाहीका लागि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको कार्यालय पानीमुहान काठमाडौंमा बुझाईएको व्यूरोले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७८ शुक्रबार ००:००  २ : २१ बजे