मायादेवी अनलाइन, चारनम्बर ।
वाणगंगा नगरस्तरीय राष्ट्रिय प्रजातन्त्र पार्टीको नगर अधिवेशन शनिबार सम्पन्न भएको छ । वाणगंगा नगरपालिका वडा ६ स्थित लक्ष्मणघाट मा.वि. भगलापुरमा सम्पन्न अधिवेशनले गिरीराज कडेलको अध्यक्षतामा ११ सदस्यीय नगर समिति गठन गरेको हो । नगर समितिको उपाध्यक्षमा जिवनारायण चौधरी, सचिवमा नवराज घिमिरेर अन्य सदस्यहरुमा रहेका छन् ।
अधिवेशनले ५ वर्षका लागि पुन गिरीराज कडेललाई सर्वसम्मत रुपमा चयन गरेको हो । अधिवेशन केन्द्रिय सदस्य ध्रुव रायमाझीको प्रमुख अतिथ्यता, जिल्ला अध्यक्ष नारायण बहादुर सिंहको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको लुम्बिनी प्रदेश कपिलवस्तु क्षेत्र नम्बर १ (क) का अध्यक्ष डिल्लीराम शर्माको अध्यक्षता तथा नवराज घिमिरेको संचालन सम्पन्न भएको थियो ।
नगर समितिले पार्टीको सिद्धान्त र कार्यक्रमलाई जनस्तरसम्म लैजाने र संगठन विस्तार गर्ने लगाएतका कामलाई अघि बढाउने नवनिर्वाचित अध्यक्ष कडेलले जानकारी दिनुभयो ।







प्रतिक्रिया