२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

स्पेनलाई २–१ ले हराउँदै ब्राजिलले जित्यो स्वर्ण पदक




काठमाण्डौ ।

जापानमा चलिरहेको ओलम्पिक फुटबलको स्वर्ण पदक ब्राजिलले जितेको छ । स्पेनलाई २–१ गोलले हराउँदै ब्राजिलले उपाधि अर्थात स्वर्णपदक जितेको हो ।

ब्राजिलको जितमा माथुएस कुन्हा र माल्कोमले एकरएक गोल गरे । स्पेनका मिकेल ओयार्जाबलले एक गोल फर्काए । खेलको ३८ औं मिनेटमा पाएको पेनाल्टी ब्राजिलले सदुपयोग गर्न सकेको थिएन । तर पहिलो हाफको इन्जुरी समयमा ब्राजिलले अग्रता लिन सफल भयो । ६१ औं मिनेटमा स्पेनले गोल गरेपछि निर्धारित ९० मिनेटको खेल १र१ को बराबरीमा सकियो ।

अतिरिक्त समयको १ सय ८ औं मिनेटमा माल्कोमले गोल गर्दै ब्राजिललाई स्वर्ण पदक दिलाउन सफल भए ।

प्रकाशित मिति : २४ श्रावण २०७८ आइतबार ००:००  ६ : ११ बजे