मायादेवी अनलाइन, तौलिहवा ।
नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी) कपिलवस्तुको विस्तारित बैठकले विभिन्न कार्य विभाजन गरेको छ । शनिबार पार्टी कार्यालय तौलिहवामा बसेको बैठकले विभिन्न निर्णयसहित कार्य बिभाजन गरेको हो ।
साथै बैठकमा जिल्लामा संगठनको अवस्थाबारे पनि छलफल गरेको छ ।
आसन्न जिल्ला सम्मेलन नजिकिदै गैरहेका बेला हरिशचन्द्र खनालको संयोजकत्वमा तीन सदस्यिय संगठन बिस्तार अभियान, पुष्कर भुसालको संयोजकत्वमा चार सदस्यिय आर्थिक समिति र भगवती न्यौपानेको संयोजकत्वमा दुई सदस्यिय प्रचार समिति गठन गरिएको छ ।
बैठकले जिल्ला सम्मेलनको तयारी तीब्र पार्नुको साथै जिल्लामा सङ्ठनलाई मजबुद बनाउन सबै स्थानिय तह कमिटी गठन लगायतका काम गरिने संगठनले जनाएको छ ।
संगठनका जिल्ला संयोजक खनालको अध्यक्षतामा बसेको बैठकमा मोहन केवटको प्रमुख आतिथ्यता रहेको जनाइएको छ ।







प्रतिक्रिया