२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

आइतबार थप २ हजार ५४८ मा कोरोना संक्रमण



काठमाडौं ।

आइतबार थप २ हजार ५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ३७८ जनाको नमुना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। थप ५५ जनाको संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ। यीसहित हालसम्म १० हजार ९३ जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ। मृत्यु हुनेको दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। थप २ हजार २९ जना कोरोनाबाट मुक्त भएका छन्। निको हुनेको दर ९३.६ प्रतिशत रहेको मन्त्रालयको तथ्यांक छ। हाल देशभर ३५ हजार ४८५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २४ श्रावण २०७८ आइतबार ००:००  ४ : २० बजे