काठमाडौं ।
पाकिस्तानी क्रिकेटर ड्यानिश अजिज एभरेष्ट प्रिमियर लिग (ईपीएल) को आगामी सिजन चितवन टाइगर्सबाट खेल्ने भएका छन् ।
असोज ९ गते देखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुने ईपीएलका लागि अजिज चितवनले घोषणा गरेका पहिलो विदेशी खेलाडी हुन् ।
स्टाइलिस युवा देब्रे हाते ब्याट्सम्यानले यसै वर्ष पाकिस्तानबाट क्रमशस् दक्षिण अफ्रिका र जिम्बावेविरुद्ध खेल्दै एकदिवसीय र ट्वान्टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए । २५ वर्षे अजिजलाई भारतका अलराउन्डर युवराज सिंहसँग पनि तुलना गरिने गरिन्छ । अजिजको स्ट्रोक प्ले, सन्तुलन र टेक्निक शैली उनका रोल मोडल युवराजको जस्तै रहेको छ ।
अजिजले युवराजलाई क्रिकेटमा आफ्नो प्रेरणाको रूपमा लिने गरेका छन् । अजिजले नेसनल टी-२० कपमा असाधरण प्रर्दशन देखाएका थिए । विशेष गरी म्याच फिनिसिङमा उनले विशेष इनिङ्स खेलेका थिए ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता प्राप्त ईपीएल २०२१ को आयोजना मितिलाई नेपाल क्रिकेट संघ (क्यान) ले स्वीकृत गरिसकेको छ । र, नेपालको सबैभन्दा ठूलो खेलकुद इभेन्ट आयोजनाका लागि तयार रहेको आयोजकले बताएको छ ।
‘नयाँ सिजनको ईपीएलका लागि ड्यानिशलाई भित्र्याउँदा हामी उत्साहित छौं, पाकिस्तानको भविष्यको ब्याट्सम्यानको रुपमा उनलाई हेरिएको छ । उनको बिग हिटिङ र फिनिसिङ क्षमताले हाम्रो युवा ब्याटिङ लाइनअपलाई नयाँ आयाम दिने छ,’ चितवनकी अप्रेसन्स डाइरटेक्टर विनिता चौधरीले भनिन् ।







प्रतिक्रिया