२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

पहिलो टेस्टः भारत र इङ्ग्ल्यान्ड बराबरीमा रोकिए



काठमाण्डौ । भारत र इङ्ग्ल्यान्डबीचको पहिलो टेस्ट क्रिकेट बराबरीमा सकिएको छ । अन्तिम तथा पाँचौँ दिन वर्षाका कारण खेल हुन नसक्दा पहिलो टेस्ट बराबरीमा सकिएको हो ।

इङ्ग्ल्यान्डलाई जितको लागि १ सय ५७ रन अघिनै भारतको नौ विकेट लिनुपर्ने हुन्थ्यो । तर वर्षा बाधक हुँदा नजिताविहीन हुन पुग्यो ।

चौथो दिनको खेल सकिँदा जितको लागि २ सय ९ रनको लक्ष्य पछ्याएको भारतले १४ ओभरमा एक विकेट गुमाएर ५२ रन बनाएको थियो ।

‍पाँच टेस्ट श्रृङ्खला अन्तर्गत दोस्रो खेल बिहिवारदेखि लर्ड्स क्रिकेट मैदानमा हुनेछ ।

प्रकाशित मिति : २५ श्रावण २०७८ सोमबार ००:००  ८ : ५२ बजे