काठमाडौं ।
साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण माल्दिभ्समा आयोजना हुने भएको छ । आगामी अक्टोबर १ देखि शुरु हुने साफसाफ च्याम्पियनसिप फुटबल माल्दिभ्समा हुने भएको हो ।
अक्टोटर १ देखि १३ गते सम्म जारी रहने साफ च्याम्पियनसिप नेपालमा गर्ने प्रस्ताव अखिल नेपाल फुटबल संघ (एन्फा) लाई दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले गरेको थियो ।
बंगलादेश फुटबल महासंघले देशमा बढ्दो कोरोना भाइरस संक्रमणका कारण आयोजना नगर्ने भएपछि सदस्य देशहरूबीच २३ जुलाइमा आयोजक देशको बारेमा बैठक भएको थियो । नेपालमा यसभन्दा पहिले सन् १९९७ र दोस्रो २०१३ मा दुईपटक साफ च्याम्पियनसिप आयोजना भइसकेको छ ।
२०१३ मा नेपाल अफगानिस्तानसँग सेमिफाइनलमा पराजित भएको थियो । भारत अहिलेसम्म सातपटक उपाधि जितेर च्याम्पियनसिपको सबैभन्दा सफल देश भएको छ भने नेपाल अझै फाइनल पुग्न सकेको छैन ।







प्रतिक्रिया