२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मेस्सीले रोजे ३० नम्बर जर्सी, यस्तो छ रहस्य




एजेन्सी ।
लियोनल मेसीले पेरिस सेन्ट जर्मेन (पीएसजी) मा ३० नम्बरको जर्सी लगाउने छन् ।

पीएसजीमा अनुबन्धित भएपछि यी अर्जेन्टिनी खेलाडीले यही नम्बरको जर्सी रोजे । मेसीले फ्रान्सेली क्लबसँग दुई वर्षको अनुबन्ध गरेका छन् । त्यसमा एक वर्ष थप गर्न सकिनेछ । बार्सिलोना छँदा मेसीले एक दशक जति समय १० नम्बरको जर्सी लगाए ।

पीएसजी आउने निश्चित भएपछि उनका ब्राजिली साथी खेलाडी नेयमारले उनलाई १० नम्बरको जर्सी दिने प्रस्ताव पनि राखेका थिए । तर ३४ वर्षीय मेसीले त्यसलाई स्वीकारेनन् । त्यसको स्थानमा उनले ३० नम्बर जर्सी नै रोजे । यो त्यही नम्बरको जर्सी हो, जुन मेसीले बार्सिलोनाबाट पहिलो खेल्दा लगाएका थिए ।

प्रकाशित मिति : २७ श्रावण २०७८ बुधबार ००:००  १० : ११ बजे