२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

एमसीसी खारेजको माग गर्दै राष्ट्रिय जनमुक्तीद्धारा विरोध प्रर्दशन



मायादेवी अनलाइन, जितपुर ।

अमेरिकि मिलियन च्यालेन्ज कर्पोरेसन एमसीसी खारेजको माग गर्दै राष्ट्रिय जनमुक्ती कपिलवस्तुले विरोध प्रर्दशन गरेको छ । आज (बुधबार) बिहान जितपुर चोकमा एमसीसी खारेजको माग गर्दै सहभागीले नारा लगाएका थिए ।

उनिहरुले राष्ट्रघाती एमसीसी चाहिदैन्, देश बेच्न पाइदैन्, एमसीसी सम्झौता खारेज गर, भ्रष्ट्रचारीलाई कठोर सजाएको ब्यवस्था गर लगाएतका नारा लगाएका थिए । विरोध तथा खबरदारी कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमुक्ती संघिय परिषद सदस्य छत्र दर्लामी, कपिलवस्तु इन्चार्ज हरिओम विकले नेपालमा एमसीसी सम्झौता पारित भए अमेरीकाले शासन गर्ने भन्दै तत्काल एमसीसी खारेजका लागि दबाब दिनुपर्ने बताउनुभयो ।

एमसीसी पारित भएमा नेपाल भोलिका दिनमा अरुको अधिनमा बस्नुपर्ने भन्दै तत्काल खारेज गर्न चेतावनी दिनुभयो । कार्यक्रम राष्ट्रिय जनमुक्तीका जिल्ला अध्यक्ष धन बहादुर मिधुनको अध्यक्षता र जमान सिंह सिजालीको संचालनमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : २७ श्रावण २०७८ बुधबार ००:००  १२ : ०८ बजे