२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

सृजन कुँवरको शव नेपाल पठाइँदै



विसकन्सिन ।

अचानक बेहोस भएपछि अस्पताल पुर्याइएका २२ वर्षीय नेपाली सृजन कुँवरको शव गैर आवासीय नेपाली संघ अमेरिकाको पहलमा आज नेपाल पठाइँदै छ । अमेरिकाको विसकन्सिन राज्यमा उनको मृत्यु भएको थियो । विसकन्सिनस्थित नर्थ पिटर्स एभिन्यु फण्डुलेक बस्दै आएका सृजन कुँवर काममा रहेको समयमा नै अचानक बेहोस भएका थिए । बेहोस भएपछि अस्पताल पुर्याइएका उनलाई अस्पतालले मृत घोषणा गरेको थियो ।

शव सुरक्षित तरिकाले नेपाल पठाउन भ्याली फ्युनेरल होम एप्पलटोनले आवश्यक व्यवस्था गरिसकेको गैर आवासीय नेपाली संघले जनाएको छ । कतार एयरवेजबाट नेपाल पठाउने उडान तालिका रहेको छ । शव नेपाल पठाउन लाग्ने खर्च व्यवस्थापनका लागि गैर आवासीय नेपाली संघ अमेरिकाले विसकन्सिन च्याप्टरको विशेष पहलमा गोफण्डमार्फत रकम संकलन गरेको छ । विसकन्सिन च्याप्टर अध्यक्ष दीपक थापाका अनुसार शव नेपाल पठाउन परिवारको अनुरोध पत्र आएपछि गो फण्डबाट २५ हजार डलर संकलन गरिएको छ ।

प्रकाशित मिति : २ भदौ २०७८ बुधबार ००:००  ८ : ३३ बजे