काठमाडौं ।
ब्राजिलका युवा स्ट्राइकर कायो जोर्जलाई इटालियन क्लब युभेन्ट्सले अनुबन्ध गरेको छ । कायो ब्राजिलियन क्लब सान्तोसबाट खेलिरहेका थिए ।
१९ वर्षे स्ट्राइकर कायोले युभेन्ट्ससँग पाँच वर्षको सम्झौता गरेका छन् । कायोले ब्राजिलको यू–१५ र यू–१७ टोलीबाट खेलिसकेका छन् । कायोले सन् २०१८ मा सिनियर टोलीमा डेब्यु गरेका थिए ।
सिरी ‘ए’ फुटबलमा गत सिजन कमजोर प्रदर्शन गरेको युभेन्ट्सले यो सिजन लिग उपाधि जित्ने योजना बनाएको छ ।







प्रतिक्रिया