८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

जितपुर चोकमा मास्क बैंक स्थापना



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तु उद्योग बाणिज्य सघंले चारनम्बर जितपुर चोकमा मास्क बैंक स्थापना गरेको छ । कोरोनाका महामारीको तेस्रो लहर आउन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै मास्क बैंक स्थापना गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य बिष्णु पन्थीले कोरोना महामारीबाट बच्न सबैले मास्क अनिर्वाय भएकाले मास्क बंैक स्थापनाले त्यसमा टेवा पुग्ने बताए । सघंले उदाहरणीय कामको थालनी गरेको बताउदैँ सासंद पन्थीले मास्क बैंकमा मास्कको कमि हुन नदिन आफुले पनि निरन्तर सहयोग गर्ने बताए । पन्थीले मास्क बैंकमा सक्नेले दिनुका साथै नसक्नेले लिएर जान सक्ने बताउनुभयो ।

त्यस्तै कपिलवस्तु उद्योग बाणिज्य सघंका उपाध्यक्ष खुमानन्द घिमिरेले मास्क बैंकमा मास्कको कमि हुन नदिने भन्दै स्वइच्छाले सहयोग गर्न पनि सक्ने बताए ।

साथै घिमिरेले मास्क बैंक अभियान प्रभावकारी भए अन्य क्षेत्रमा पनि कपिलवस्तु उद्योग बाणिज्य सघंको नेतृत्वमा मास्क बैंक स्थापना गरिने बताए । त्यस्तै सघंका अध्यक्ष डोलकराम घिमिरेले मास्क बैंकको स्थापनासंगै कोरोना बिरुद्धको खोप ब्यवस्थापनमा पनि लाग्ने र त्यसका लागि सबैले सम्बन्धीत निकायलाई झक्झकाउनु पर्ने बताए । सघंले आफनो कार्य क्षेत्रभित्रका मुख्य मख्य बजारमा मास्क बंैक स्थापनाको लक्ष्य लिएको बताए ।

कार्यक्रममा बाणगंगा नगरपालिका वडा नः ४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्री, पत्रकार महासघं कपिलवस्तुका अध्यक्ष किरणमान बज्रचार्य, सिद्धार्थ नगर बजार बिकास समितिका अध्यक्ष बिष्णु थापा, लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष धातानन्द भुसाल, बाणगंगा वेलफेयर सोसाइटीका अध्यक्ष राज कुमार खाण, कपिलवस्तु उद्योग बाणिज्य सघंका एसोसियट उपाध्यक्ष बिरेन्द्र खाण, महिला उपाध्यक्ष इन्द्रीरा तिमिल्सिना, जनपथ तथा शसस्त्र प्रहरीका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।

चोकमा रहेको प्रहरी बिटमा खटीएका प्रहरी तथा शसस्त्र प्रहरीले चोकमा मास्क नलाई हिडेकालाई निशुल्क माक्स उपलब्ध गराउने छ । कार्यक्रम सघंका अध्यक्ष डोलकराम घिमिरेको अध्यक्षता र सचिव कोपिल पौडेल खिमानन्दको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २ भदौ २०७८ बुधबार ००:००  ५ : ४२ बजे