२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

कलाकार शम्भु थापाको निधन



काठमाडौं ।

कलाकार शम्भु थापाको निधन भएको छ । कोरोना संक्रमणका कारण उनको निधन भएको हो । १८ दिनदेखि उनी उपचाररत थिए । थापा चलचित्र ‘आफ्नो बिरानो’ का निर्माता पनि हुन् । थुप्रै चलचित्रमा अभिनय गरेका उनले दर्जनौं टेलीचलचित्रमा अभिनय गरेका छन् ।
‘मदन बहादुर हरिबहादुर’मा पनि उनले अभिनय गरेका थिए ।

प्रकाशित मिति : ५ भदौ २०७८ शनिबार ००:००  ८ : २१ बजे