२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

टी-ट्वान्टी विश्वकपका लागि अष्ट्रेलियाको टिम घोषणा



काठमाडौँ ।
आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटका लागि अष्ट्रेलियाको टिम सार्वजनिक भएको छ । क्रिकेट अष्ट्रेलियाले आरोन फिन्चको कप्तानीमा बिहीबार विश्वकप खेल्ने १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

टिमको उपकप्तानी पाट कुमिन्सले गर्ने छन् । अष्ट्रेलियाले घोषणा गरेको टिममा तीन वैकल्पिक खेलाडी राखिएको छ ।

अष्ट्रेलियाको टिममा फिन्च र कुमिन्ससँगै एस्टन अगर, मिचेल स्टार्क, जोस हाजलउड, मार्कुस स्टोनिस, जोश इंगलिस, मिचेल स्विपसन र मिचेल मार्श रहेका छन् । त्यस्तै स्टिभ स्मिथ, एडम जाम्पा,डेभिड वार्नर, म्याथ्यु वेड, ग्लेन म्याक्सवेल र केन रिचर्डसन रहेका छन् ।

टिमको वैकल्पिक खेलाडीमा डानिल साम्स, नाथन एलिस र डेनील क्रिस्टियन रहेका छन् । विकेट किपर ब्याट्सम्यान जोश पहिलो पटक अष्ट्रेलियाको टिममा परेका हुन् ।

सुपर १२ को समूह-१ मा रहेको अष्ट्रेलियाले अक्टोबर २३ मा दक्षिण अफ्रीकासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।

टी-ट्वान्टी विश्वकप अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म यूएई र ओमानमा संयुक्त रुपमा हुनेछ ।

प्रकाशित मिति : ५ भदौ २०७८ शनिबार ००:००  ९ : ३२ बजे