मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुका कृष्ण गिरी कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
जिल्लाको बुद्धभूमि नगरपालिका निवासी गिरीलाई संघका केन्द्रीय अध्यक्ष देवेन्द्र कुमार शेरचनले केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।
काठमाडौंमा एक कार्यक्रमका बीच उनलाई नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री मोहनबहादुर बस्नेतले केन्द्रीय सदस्यमा मनोनित गरेको पत्र दिएका थिए ।
गिरीलाई संघको विधान अनुसार काममा खट्न अध्यक्ष शेरचनले आग्रह पनि गरेका छन् । उक्त कार्यक्रममा बुद्धभूमिका नेविसंघ नेता कल्याण खनालको पनि सहभागीता थियो ।







प्रतिक्रिया