३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

माओवादी केन्द्र पार्टी निर्माणमा तात्यो, वाणगंगाको ८ नं. मा भेला



मायादेवी अनलाइन, वाणगंगा ।
नेकपा (माओवादी केन्द्र) वाणगंगा नगरपालिका वडा नं. ८ को वडा भेलाले वडा कमिटी गठन गरेको छ । भेलाले प्रेम बहादुर विकको अध्यक्षतामा २९ सदस्यिय कमिटी गठन गरेको हो ।

भेलामा बोल्दै माओवादी केन्द्रका जिल्ला सचिव रामचन्द्र शाहले पछिलो राजनितिक उतार चढावको बारेमा प्रष्ट पार्दै पार्टीमा एक ढिका भएर लाग्न सबैलाई आग्रह गर्नुभएको छ ।

उहाँले हरेक एजेन्डामा माओवादी केन्द्रको भूमिका महत्वपूर्ण रहेको बताउँदै अबको चुनावमा माओवादी पहिलो पार्टी हुने दावी गर्नु भयो ।
जिल्लामा हरेक विकास निर्माणका कार्यक्रममा माओवादीले उल्लेखनीय भूमिका खेलेको शाहले प्रष्ट पार्नु भयो ।

वडा नम्वर ८ बोडगाउँ जलेश्वरमा भएको कार्यक्रममा जिल्ला सचिवालय तथा नगर इन्चार्ज देवराज अर्याल, जिल्ला सचिवालय तथा नगर सचिव टेकेन्द्र क्षेत्री, जिल्ला सचिवालय सदस्य विष्णु बेल्वासे, नारायण भुसाल, शुवास सल्यानी, जिल्ला सदस्य हुमनाथ पौडेल लगायतले बोल्दै पाटी संगठनको बारेमा प्रष्ट पार्नु भएको थियो ।

प्रेम बहादुर विकको अध्यक्षतामा भएको कार्यक्रमको सच्चालन वडा कमिटी सचिव भागिरथ न्यौपानेले गर्नु भएको थियो ।

प्रकाशित मिति : ५ भदौ २०७८ शनिबार ००:००  ७ : ३३ बजे