२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मेस्सीविनाको बार्सिलोनाको पहिलो खेल बराबरीमा रोकियो



काठमाण्डौ । स्पेनिस ला लिगामा आज बिहान भएको खेलमा बार्सिलोना र एथ्लेटिको क्लबले बराबरी खेलेका छन् ।

लियोनल मेस्सी विना घर बाहिर पहिलो खेल खेलेको बार्सिलोनाले एथ्लेटिकोसँग एकरएक गोलको बराबरी खेलेको हो । घरेलु टोली एथ्लेटिकोका इनिगो मार्टिनेजले खेलको ५० औं मिनेटमा गोल गरि अग्रता दिलाएका थिए । बार्सिलोनाका मेम्फिस डिपाएले ७५ औं मिनेटमा बराबरी गोल फर्काए ।

इञ्जुरी समयमा बार्सिलोनाका एरिक गार्सिया रातो कार्ड पाएर बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो । बराबरीपछि बार्सिलोना र एथ्लेटिकोले अङ्क बाँडेका छन् । बार्सिलोनाको २ खेलबाट ४ अङ्क भएको छ । एथ्लेटिकोले दुई खेलबाट दुई अङ्क जोडेको छ ।

बार्सिलोनाले पहिलो खेलमा रियल सोसिडाडलाई हराएको थियो । एथ्लेटिकोले इल्चेसँग गोलरहित बराबरी खेलेको थियो ।

प्रकाशित मिति : ६ भदौ २०७८ आइतबार ००:००  ७ : ४८ बजे