२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

बारामा दुइ मोटरसाइकल जुध्दा तीनजनाको मृत्यु



काठमाडौं ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ टागियामा गएराति दुई ओटा मोटरसाईकल ठोकिँदा ३ जनाको मृत्यु भएको छ।

प्रदेश २, ०३–००२ प ५३३५ नम्बरको मोटरसाईकल र बा ६५ प २७५६ नम्बरको अर्को मोटरसाईकल राति साढे १० बजे आपसमा ठोकिएका थिए। दुर्घटना २७५६ नम्बरको मोटरसाईकल चालक नुवाकोट गुम्ताङका ४० वर्षीय टुलुराज तामाङ, अर्का मोटरसाइकल चालक बाराको निजगढ नगरपालिका ९ का १६ वर्षीय विकास साह र सोही मोटरसाइकलमा सवार ३५ वर्षीया सुनैना देवी साहको मृत्यु भएको हो।

उनीहरुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ। यस्तै सिरहाको धनगढीमाई नगरपालिका ६ मा गएराति मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी १८ वर्षीय किशोर रहेका छन्। गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो।

प्रकाशित मिति : ६ भदौ २०७८ आइतबार ००:००  १२ : ११ बजे