२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

युभेन्टस पहिलो खेलमा बराबरीमा रोकियो



काठमाडौं । इटालियन सिरी ए फुटबलको आफ्नो पहिलो खेलमा युभेन्ट्स बराबरीमा रोकिएको छ ।आइतबार राति भएको खेलमा युभेन्ट्स युडिनेजीसँग २(२ गोलको बराबरीमा रोकिएको हो ।

युडिनेजीको मैदानमा सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्सले अंक बाड्नु परेको हो ।

खेलको तेस्रो मिनेटमा पाउल डिबलाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए ।२३ औं मिनेटमा जुवान कोर्डाडोले गोल गर्दै युभेन्ट्सलाई २(० को अग्रता दिलाए ।

तर, खेलको ५१ औं मिनेटमा रोबर्टो पेरिय्राले गोल गर्दै युडिनेजीलाई २(१ को स्थितिमा ल्याए ।त्यसपछि खेलको ८३ औं मिनेटमा जेरार्ड डेउलोफेउले गोल गर्दै खेल २(२ को स्थितिमा ल्याएर युडिनेजीलाई हारबाट जोगाए ।

यस्तै खेलको इन्जुरी समयमा क्रिस्टियानो रोनाल्डोले गोल गरेपनि गोलको मान्यता नपाउदा युभेन्ट्स जित निकाल्न बन्चित भएको थियो । भीएआरको सहायतामा रोनाल्डोको गोल अफसाइड देखिएको थियो ।

यससँगै युभेन्ट्सले बराबरीबाट सिजनको सुरुवात गरेको छ । युभेन्ट्सले पहिलो खेलमा १ अंक जोडेको छ । युडिनेजीले पनि पहिलो खेलमा १ अंक जोडेको छ ।

प्रकाशित मिति : ७ भदौ २०७८ सोमबार ००:००  ६ : ०८ बजे