२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

चेल्सीले आर्सनललाई हरायो



काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलको लण्डन डर्बीमा चेल्सीले आर्सनललाई पराजित गरेको छ ।इमिरेट्स स्टेडियममा आइतबार राति भएको खेलमा चेल्सीले आर्सनललाई २-० गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीलाई जित दिलाउन रोमेलु लुकाकु र रीस जेम्सले एक एक गोल गरे ।खेलको १५ औं मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

बेल्जियमका फरवार्ड लुकाकुले जेम्सको पासमा डेब्यु खेलमै गोल गरेका हुन् । उनी हालै इटालियन क्लब इन्टर मिलानबाट चेल्सी आएका हुन् ।

त्यसपछि खेलको ३५ औं मिनेटमा जेम्सले गोल गर्दै चेल्सीलाई २(० को जित दिलाए । उनले मासन माउन्टको पासमा उत्कृष्ट गोल गरे ।

यस जितसँगै चेल्सीले लिगमा लगातार दोस्रो जित निकालेको छ । चेल्सीले २ खेलमा ६ अंक जोडेको छ ।चेल्सी तालिकाको शीर्ष स्थानमा समेत उक्लिएको छ ।

आर्सनलको यो लगातार दोस्रो हार हो । १९ औं स्थानको आर्सनल पहिलो खेलमा ब्रेन्टफोर्डसँग पराजित भएको थियो ।

प्रकाशित मिति : ७ भदौ २०७८ सोमबार ००:००  ६ : ११ बजे