२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

एसियन कप छनोटको लागि नेपाली टिम घोषणा



काठमाडौं ।

एफसी महिला एसियन कप-२०२२ छनोटका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा भएको छ ।मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले मंगलबार २३ सदस्यीय नेपाली टिमको घोषणा गरेको हो ।

एन्फाले बन्द प्रशिक्षणमा रहेका २८ खेलाडीबाट २३ सदस्यीय टिमको घोषणा गरेको हो ।टिमबाट अमिशा कार्की,अन्चली वाइबा, हिमा चौधरी, मनिषा राउत र शर्मिला थापा बाहिरिएकी छिन् ।

एन्फाले घोषणा गरेको टिममा ६ खेलाडीले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन् ।मिडफिल्डर प्रिती राई, फरवार्ड रश्मी घिसिङ,सबिता राना, रजनी थोकर, डिफेन्डर सृजना सिंह र निशा थोकर पहिलो पटक राष्ट्रिय टिममा परेकी छिन् ।

उज्वेकिस्तानमा आयोजना हुने छनोटमा नेपाल समूह एफ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ ।छनोट खेल उज्वेकिस्तानको जेएआर स्टेडियममा हुनेछ ।

नेपालले फिलिपिन्ससँग खेल्दै छनोटको सुरुवात गर्नेछ ।नेपाल र फिलिपिन्सबीचको खेल सेप्टेम्बर १८ ९असोज २० मा हुनेछ ।यस्तै नेपालले दोस्रो खेलमा हङकङको सामना गर्नेछ । उक्त खेल सेप्टेम्बर २१ ९असोज ५० मा हुनेछ ।यस समूहको फिलिपिन्स र हङकङबीचको खेल सेप्टेम्बर २४ ९असोज ८० मा हुनेछ ।

समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ ।एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।

नेपाली टिम

अन्जना राना मगर, एन्जिला सुब्बा, उषा नाथ, अमृता जैशी, अनिता बस्नेत,अनिता केसी, विमला बिक, विमला चौधरी, दिपा राई, गीता राना, हिरा भुजेल, इन्द्र राई, मन्जली थोकर, निशा थोकर, प्रिती राई, पुजा राना, पुनम जर्गा मगर, रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटी, सबिता राना, सरु लिम्बु, सिर्जना सिंह

प्रकाशित मिति : ८ भदौ २०७८ मंगलबार ००:००  ४ : २९ बजे