२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मूल्य वृद्धिबिरुद्ध अखिल ( क्रान्तिकारी ) द्धारा बाणगंगाको वरवामा प्रर्दशन



मायादेवी अनलाइन, चारनम्बर ।

अखिल ( क्रान्तिकारी ) कपिलवस्तुले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिबिरुद्ध प्रर्दशन गरेको छ । बाणगङ्गा नगरपालिकाको वडा नम्बर ११ वरवामा पुर्वघोषित कार्यक्रम अनुसार संगठनले बुधबार प्रदर्शन गरेको हो ।

प्रदर्शनपछिको कोण सभामा बोल्दै जिल्ला अध्यक्ष बिज्ञान क्षेत्रीले वर्तमान शेर बहादुर देउवा सरकार र आयल निगमको मिलिमतोमा मूल्यवृद्धि गरिएको भन्दै अविलम्ब फिर्ता लिन माग गर्नुभयो । निरन्तर मुल्यवृद्धि गरी जनताको ढाड सेक्ने काम भइरहे कडा प्रतिरोध गर्ने चेतावनी समेत उहाँले दिनु भयो ।

देउवा सरकारले पनि ओली सरकारलेजस्तै गरी जनाताको ढाड सेक्ने लगायतका काम सुरु गरेको भन्दै सच्चिन आग्रह गर्नुभयो । कार्यक्रमको संचालन जिल्ला सदस्य नम्रदा चौधरीले गर्नु भएको थियो । प्रदर्शनमा जिल्लाका बिभिन्न ठाउँबाट विद्यार्थीहरु आएका थिए ।

प्रकाशित मिति : ९ भदौ २०७८ बुधबार ००:००  ६ : ४९ बजे