१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

लोकतान्त्रिक समाजवादी पार्टीको बैठक जारी



काठमाडौं ।

लोकतान्त्रिक समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक पार्टी कार्यालयमा जारी रहेको छ । बिहीबारदेखि जारी केन्द्रीय कार्यकारिणी समितिको बैठक आज दोस्रो दिन बबरमहलस्थित पार्टी कार्यालयमा जारी रहेको छ । जनता समाजवादी पार्टी नेपालबाट अलग भएर महन्थ ठाकुरले गठन गरेको लोसपाले संगठन निर्माण तथा सुदृढीकरणलगायतका एजेण्डामा छलफल हुने कार्यकारिणी सदस्य जितेन्द्र सोनलले बताए ।

नयाँ पार्टी गठन भइसकेपछि प्रदेश, जिल्ला तथा स्थानीय तहसम्म संगठनलाई पुनर्गठन गर्न कार्यविभाजन लगायतका विषयमा छलफल हुने बताइएको छ । जसपाको आन्तरिक विवाद पार्टी विभाजन भएको हो । शेरबहादुर देउवा नेतृत्वको सरकारले पार्टी विभाजनका लागि अध्यादेश ल्याइ दिएपछि महन्थ ठाकुर पक्षले नयाँ पार्टी दर्ता गराएको हो ।

प्रकाशित मिति : १२ भदौ २०७८ शनिबार ००:००  १ : ५९ बजे